तिमी भन्थ्यौ, 'जीवनको गोरेटोमा दुःख आइपर्यो भने त्यतिबेला मलाई सम्झनु । तिम्रा दुःख मेरो सम्झनामा हराउनेछन् र तिमीमा संघर्ष गर्ने आँट आउनेछ । जीवन संघर्ष हो, त्यसैले समस्यासँग डराएर भाग्ने होइन, हामीले धेरै समस्यासँग लड्नुपर्छ, गन्तव्यमा पुग्नका लागि । जति दुःख गर्नुपरे पनि तिमी र बाबा-आमालाई सधैं साथ र खुसी दिनु मेरो कर्तव्य हो । कुमालेको चक्र घुमेझैं घुम्दै जाँदा हाम्रो जीवनको कुनै एक पाटोमा सुख र खुसी लेखिएको होला, त्यो दिन हाम्रो परिवारले एउटा चोला फेर्नेछ । त्यसका लागि म कुनै दुःख नभनी संघर्ष गर्छु र हाम्रो परिवारलाई नयाँ जीवन दिन्छु । तिमी राम्रोसँग पढ । जीवनको अन्तसम्म म तिमीलाई साथ दिन्छु । यो मेरो प्रण भयो तिमीलाई । संघर्ष र परिश्रमले जन्माएकी नारी तिमी, तिमीले जीवनमा सफल बन्नुपर्छ, तिमीले पासाङ्ग बन्नुपर्छ, तिमीले हेलेन बन्नुपर्छ । एउटा दाजुको प्रार्थनाले पुगेसम्म तिमीले संसार जित्नुपर्छ । हो सानु, तिम्रो सफलताको दिन मेरो सौभाग्यको दिन हो, खुशीको दिन हो ।'
त्यति बेला म सानो थिएँ, तिम्रा शब्दमा डुब्न सक्दिनथें । अबोध भए पनि तिम्रा शब्दहरूले मलाई शक्ति दिन्थे, तिम्रा शब्दहरूबाट म प्रेरणा पाउँथें । तिम्रा शब्दहरू नै त्यस्ता हुन्थे, जसले हरेक दुःख र अप्ठ्याराहरू सहज बनाइदिन्थे । गरिबीले हामीबीचको दूरी बढाए पनि हामीबीच भावनात्मक सामीप्यता थियो ।
हो, सानो छँदा बाबा-आमाले गाली गर्नुभयो भने खाना नखाई भित्ताभरि के-के लेख्थें, सम्बोधनमा तिमी हुन्थ्यौ । एउटा कुरा याद छ, 'दाइ, तिमीले खायौ कि खाएका छैनौ, मैले त खाएकी छैन । तिमी मलाई भेट्न छिटो आऊ ल । म तिमीबिना अधुरो छु ।' खै मलाई किन त्यस्तो लाग्थ्यो ?
ङ्गा तारेरै छोड्छौ भन्ने भरोसा थियो, किनभमलाई तिमीमाथि पूर्ण विश्वास थियो । तिमीले जीवनरूपी डुने तिमीले मसँग प्रण गरेका थियौ, परिवारलाई नयाँ जीवन दिन्छु भनेर, जीवनको अन्तसम्म साथ दिन्छु भनेर । समय त अर्कैतिर घुमेछ कि तिमी समयको विपरीत घुम्यौ ? तिमी त पराईसँग नाता गाँस्नेबित्तिकै पराइ हुन पुग्यौ । जिन्दगीमा धेरै-धेरै आशा र विश्वास दिएर आखिर घात गर्यौ, किन ? शिखर चढ्ने पहिलो खुड्किलोबाटै पछारेको भए त्यति दुख्ने थिएन होला, दुखाइ सहने बानी पथ्र्यो होला, तिमीले त मलाई चुचुरोमा पुग्नै लाग्नासाथ छोडेर पछार्यौ, त्यसैले त दुःखेको छ र पनि यो पीडामा तिम्रै सम्झना आउँछ ।आखिर बिर्सेर जानु थियो भने फूलैफूलमा राखेर किन हुर्कायौ ? काँडामा हिँड्न किन सिकाएनौ ? तिम्रो चर्को बोली पनि सुन्न सक्दिनथें म, तिमीले दिएको यत्रो धोका कसरी सहूँ ? यो दिन देख्नुभन्दा पहिले म किन अन्धो भइनँ, म किन बहिरो भइनँ ? तिमी नआउने खबरले बिझेर झरेका वेदनाहरू होसमा आउँदासम्म सुकिसक्छन् । तिमीले बिर्सिएपछि तिम्री 'सानु' एक्लिएकी छु । दिन रात आँखाहरू भिजाइरहेछु । थाहा छ ? तिमीबिना जीवन दुखेको छ
No comments:
Post a Comment