छाडेर आए अन्धकार ठाउमा चिने जानेको कोही छैन
बरु फर्केर जाऊला उदयपुर यहाँ बसेर केही भयन
घर घर नै हो ममी र साथीहरु को याद आइरहन्छ.
आफन्त बिना को जिन्दगी अन्धकार नै रहन्छ
गुलाफ़को काडा कड़ा नै हो बिजाउने नै भयो .
तर गुलाफ़ ले पनी सुगन्ध दिनेनी भयो
खडेरी त् खडेरी नै हो उजाड़ नै हुन्छ.
तर बर्षा पनी मलाई उजाड़ नै लाग्छ
मन जलाउने गरी आफन्तहरु को याद आउछ
छाडेर आय यहाँ बारम्बार उदयपुर को याद आउछ
यो मन घर र ममी अनि साथीहरु सम्झेर मुटु पोल्छ
खुसी र उमङ्गहरु मलाई आजकल फीका लांग्छ
सफलताहरु आजकल मलाई हार लाग्छ
हरेक चाहना हरु सबै तितरबितर हुन्छ
किनकी यो मन आफ्नो प्यारो उदयपुर गाइघाट
घर साथीहरु को सम्झनामा दुबिरहन्छ
कल्पना कार्की (मुस्कान)
No comments:
Post a Comment