बाबा हजुर कहाँ हुनुहुन्छ तो त् मलाई थाहानै छैन तर मलाई यो थाहाछ कि हजुर अब हामी संग हुनुहुन्न !बाबा हजुर को याद धेरै नै आउछ दिनरात हजुर को सम्झना अनि हजुर कै यादमा दिन बिताउदै छु ! बाबा हजुरलाई पनि रहर थिएँन होला यो संसार बाट जानलाई के गर्नु हुन्छ बाबा यो पापी संसार बाट मुक्ति पाउनु भयो बाबा बाच्नु भएको भएत् हजुरले धेरै दुख गर्नु पर्ने थियो !हामी ६ जना छोरी हरुलाई पाल्नु पर्थियो अनि हाम्रो धेरै चिन्ता गर्नु पर्थियो हजुरले अब त् यो गर्नु परेंन ! हजुर ले बाबा के गर्नु कहिले कहिँ एती धेरै रिस उठछ हजुर संग पनि अनि एस्तै एस्तै सोचेर मन लै सम्हाल्छु के गर्नु बाबा हजुर कै याद मा मात्रै दिन बताउन पनि कहाँ सकिदो रहेछ र बाबा म त् हजुर को प्यारी छोरी पनि त् हुनी अनि तेसैले होला बढिनै याद आउछ बाबा ! के गर्नु कहिले कहिँ त् मलाई पनि हजुर सगै आउँन मन लाग्छ तर के गर्नु बाबा म पनि हजुर संगै आए भने ममुहरु को सेवा अनि मेरा फूलका कोपिला जस्ता बहिनि हरुको हेरचाह कसले गर्छ भनेर सम्झन्छु अनि आउँन सक्दिन! बाबा म मेरो परिवारलाई अबस्ये साथ दिने छु ! बाबा अनि हजुर को सपना म साकार पार्नेछु! बाबा हजुर को जेठी छोरी भएको कारण ले भन्नु हुन्थियो नि मलाई हजुरले मेरो छोरा नै तिमि होउ भनेर हो बाबा म हजुर को छोरानै भएर अगाडी बढ्ने छु !बाबा अनि म सबै को ख्याल गर्ने छु बाबा सबैलाई समान माया ममता बाड्ने छु बाबा म मेरो २ ओटा मामु को सेवा गर्ने छु !अनि ५ ओटा बहिनिहरु को भबिस्य पनि उज्यालो बनाउने छु ! बाबा हजुर गए पछी हामीलाई धेरै दुख त् आइपरेको छ तर मामुहरु येही दुख संग चुनौती दिदै हामीलाई अगाडी बढ्नलाई प्रोत्साहन दिदै आउनु भएको छ ! हो बाबा मामुहरु आफु एकछाक खाएर पनि हामीलाई कहिले भोको राखनु भएको छैन बाबा अनि हामीले पनि बुझेका छौ बाबा हामीले पनि ममुहरु को सपना पुरा गर्ने छौ !बाबा अनि थाहा छ बाबा हजुर गए पछी त् सबै जना टाडा टाडा हुनु भएको छ !अनि हाम्रोमा कोहीपनि आउन छाडे न त् फुपुहरु न त् ठुलो बाबाहरु अनि अंकल पनि आउनु हुन्न ! साएद अब हजुर नै नभए पछी हामी त् को नै परेउ र उहाहरु को तेसैले होला कोहि पनि हाम्रो घर नजानु भएको ! तर केहि छैन बाबा अब हजुर भए पो आउने नि हुन् पनि हो हामीले कसैलाई केहि दिन सक्दैनौ तेसैले होला कोहि नि हाम्रो घर नआउनु भएको! अरुहरु पनि कति टाडा टाडा बाट मामाघर जानु हुन्छ! तर हाम्रो मा कोहि नि जानु हुन्न साएद उहाहरुलाई पनि कस्तो लाग्छ होला हामी एती टाडा बाट गएका छौ तेहा पनि जाऊ भनेर कहिले पनि सोच्नु हुन्न कसैले पनि तेहा पनि साना साना बहिनीहरु छन् ! तेहा पनि बिदुवा माइजु,आन्ति,बुहारी छ भनेर कोहिनी जादैन्न ममुहरु को लागि नगए पनि सानो बहिनि हरु को लागि त् जादा हुन्छ नि हैन र बाबा के हामी पनि त् हजुर कै रगत त् हो नि तर पनि किन बुज्दैन्न कोहि पनि बाबा म अहिले येही हजुरको सपना साकार पार्नको लागि भनेर काठमाडौँ बस्दै आएको छु ! तर हजुर को आफन्तहरु येहा धेरै हुनुहुन्छ !तर पनि कसरि बसेकी छ तो के गर्दै छ कुन बाटो तिर हिदैछ सन्चो छ कि छैन केहि वास्ता गर्दैन्न !बाबा तर केहि छैन मलाई विश्वास छ कि म नराम्रो बाटोतिर कहिले लाग्ने छैन मैले मेरो परिवार को सपना अबस्ये साकार पार्नेछु !बाबा हो बाबा ! अनि थाहा छ बाबा म काठमाडौँ आए पछी मलाई एकदमै धेरै माया गर्ने दिदि पाएको छु ! उहाले मेरो एकदमै ख्याल गर्नुहुन्छ ! मलाई जस्तो सुकै दुख मा पनि साथ दिनु भएको छ !उहा त् मेरो जिबनमा भगवान जस्तै भएर आउनु भएको छ !बाबा म येहा आएर कति बिरामी भए सबै दिन उहाले नै मेरो हेरचाह गर्नु भयो ! तर बाबा सदै भरि एकै नास पनि नहुने रहेछ बाबा उहाले मलाई छाडेर जानु भयो !आफ्नो पनि त् भबिस्य बनाउनु पर्यो नि हैन बाबा तेसैले हामी सगै नभएपनि उहाले मलाई एकदमै माया गर्नु हुन्छ म पनि उहालाई एकदमै धेरै माया गर्छु !बाबा अहिलेपनि मलाई उहाले नै ख्याल गरिरहनु भएको छ ! उहाले सदै भन्नुहुन्छ !तिमीले राम्रो काम गर्नुपर्छ भनेर अनि उहाले मेरो हेरचाह गर्नुहुदै आउनु भएको छ ! मैले कस्तो काम गर्दै छु भनेर के गर्नु बाबा रगत को नाता भन्दा भावनात्मक नाता राम्रो हुदोरहेछ ! मामुहरु बाट टाडा बसेर पनि मलाई येहा अधिन मा राख्खने मेरो दिदि हुनु भएको छ !अनि अझै पनि मलाई उहाको डर लाग्छ केहि गर्नु छ भने पनि उहालाई पहिला भनेर मात्रै गर्छु! बाबा किनकी मेरो उहा अभिभाबक भन्दा कम् हुनुहुन्न ! बाबा अरुले मेरो केहि वास्ता नगरेता पनि दिदि ले मेरो हेरचाह गरिरहनु भएको छ! बाबा मैले उहाको विश्वास पनि अबस्ये मर्न दिने छैन जति उहाले म पर्ती विश्वास गर्नु भएको छ ! तो विश्वास मैले काएम राखने छु बाबा ! यो हजुर को छोरी ले कहिले पनि नराम्रो काम गरेर बस्ने छैन जस्तो सुकै दुख संग पनि मुकाबिला गर्दै अगाडी बढ्ने छे कहिले पनि हार खाने छैन ! यो कल्पना! हो बाबा जिन्दगि नै एस्तै रहेछ ! दुख र पिडा बिना को जिन्दगि जिन्दगि हैन रहेछ जसले दुख र सुख को अनुभब गर्द छ नि बाबा तेसैले बुझेको हुन्छ जिन्दगि को अर्थ ! बाबा हजुरलाई त हामीबाट येहाका मावोबादी भनौदा दुस्तहरु ले हामीबाट चुडेर लगे ! जति बेला हाम्रो देशमा मावोबादी भनौदाहरु ले जताततै आन्दोलन नै आन्दोलन चर्काएका थिए !सरकार र मावोबादी को भिडन्तमा हजारौ जनताहरु सहिद भैरहेका थिए ! तेसै माथि जहाँ तेही रगत को खोलाहरु बगिरहेको थियो ! अनि हाम्रो सरकार भनौदो चुपचाप लागेर बसिरहेको थियो ! अनि आफ्नाले आफ्नालाई मारिरहेका थिए ! तर सरकार तेसको रमिते भएर हेरीरहेको थियो ! बाबा हजुरहरु को ज्यानलाई यो सरकारले केहि गर्न सकेको थिएँन ! अनि के के नै पाउछौ भनेर जंगल पसेका यी जंगलीहरु जसको उपनाम (मावोबादी ) भनेर चिनिनेहरु ले एस्तो तहसनहस बनाएर रगत को खोला बगाए ! जसले गर्दा येहा धेरै को सिउदो पुछियो धेरै टुहुरा भए भने कति को माइती उजाडियो कति को कोख रितियो ! साएद यिनीहरु जंगल नपसेको भए हाम्रो देशमा एस्तो स्थिति सिर्जना पनि हुने थिएँन बाबा यिनीहरु ले नै गर्दा आज हामी हजुर सग छुट्नु पर्यो हजुर संग हामी मात्रै हैन बाबा येहा त् हजुर र म जस्तै हजारौ परिवारहरु येसरिनै छुटिरहेका थिए येही दुस्टहरु ले गर्दा हजुरहरुले त् यो देश को रछ्या गर्न भनेर लागि पर्नु भएको थियो नि हैन ? बाबा तर हजुरहरुलाई त् यो देश ले केहि गर्न पनि सकेन बाबा हजुर ले त् यो देश को लागि धेरै गर्नु भयो ! अनि ज्यान पनि यो देश को लागि नै त्याग्नु भयो ! अनि येही देशको लागि सहिद हुनु भयो ! बाबा हजुर जस्ता धेरै मान्छेहरु सहिद भए येहा ! येहा शान्ति ल्याउन को लागि हजुरहरु लागि पर्नु भयो ! तर बाबा अहिले सम्म पनि येहा केहि हुन् सकेको छैन ! बाबा हजुर ले जस्तो छाडेर जानु भएको थियो नि तेस्तै नै छ यो देश थाहा छ मलाई बाबा जब सम्म यो देशमा शान्ति आउने छैन तब सम्म हजुर जस्तै कयेउ सहिदहरु को आत्मा ले शान्ति पाउने छैन बाबा ! तर खै यो दिन त् आउछ कि आउदैन तो त् मलाई थाहा छैन !तर बाबा अब येहा का प्रतेक सहिदहरुका घरबाट हजुरहरु को शान्ति को लागि उठ्ने छन् ! एकदिन हो बाबा हजुरहरुलाई शान्ति दिलाउने छन् येहाका पिडित परिवारहरु ले अब सबै चुपलागेर बस्ने छैनन् !बाबा अब यो सरकारले त केहि गर्न सकेन धेरै लामो समय सम्म सरकार को बाटो हेरेर बसे तर केहि गरेंन यो सरकार ले अब गर्छन येहाका जनता हरुले हो बाबा गर्नेछन अब येहाका जनताहरुले बाबा क गर्नु एक्लै ले केहि गर्न सकिदोरहेनछ तेसैले हजुर को यो छोरीले अब सबै लाई एकजुट बनाएर हजुरहरु को आत्मा को लागि लड़नेछे अनि शान्ति दिलाएर नै छाड्ने छे यो हजुरको छोरी को एउटा सहिदहरु प्रति को भाबना हो ! मैले मात्रै हैन बाबा सबैले ले अब लागि पर्ने छन् ! जसले आफ्नो सहिदहरु को सपना साकार पार्ने उदेश्य बोकेका छन् तिनीहरु अबस्ये लड्ने छन् ! हजुरहरु जस्तो सहिद को लागि जसले यो देशमा लडेर सहिद भएका छन् तिनीहरु को आत्मा को लागि लागि पर्ने छन् ! बाबा एस्तै छ येहा को खबर फेरी यो देशमा केहि परिबर्तन भएछ भने अर्को चिठी अबस्ये लेखने छु ! म धेरै खुसि छु र मलाई गर्ब छ ! म हजुरको सन्तान भएर जन्म लिएकोमा ! बाबा अर्को जुनीमा पनि म हजुर कै सन्तान भएर जन्म लिन पाऊ !हजुरलाई सबै बहिनिहरु(कमला,कोपिला,करिस्मा,किर्तिमा,कविता ) ले धेरै सम्झिरहेका छन् ! मामुहरुले पनि धेरै नै सम्झिनु भएको छ हजुरलाई सधै हजुर कै कुरा गर्नु हुन्छ अनि भन्नु हुन्छ ! तिमीहरु ले पनि बाबा ले जस्तै देश र येहा का जनताहरु को लागि पर्नु पर्छ भनेरसम्झाउनु हुन्छ हो बाबा मेरो प्यारी २ ओटा मामु हरु सधै भन्नु हुन्छ बाबा ठाउमा उभिएर देखाउनु पर्छ भन्नु हुन्छ ! र हामी अबस्ये मामुहरु को सपना साकार पर्ने छौ यो हजुर को छोरीहरु को बचन हो बाबा ! बाबा म हजुरलाई धेरै सम्झिरहेको छु !
बाबा उही हजुर को प्यारी छोरी
कल्पना कार्की (मुस्कान)
hajur lai paila ta ma salam garna chanchu ani tys pachi matra ke bhanna chanchu yadi hajur ko aagya paye.. i ll wait for ur response for me....
ReplyDeleteKalpana g namaskar tapaiko yo katha mero gibana sanga mel khana pugyo yasto maro katha lekheko ma tapailai mero hridhaya dekhi nai muru muru dhnyawad dina chahan6u malai pani yasto lekha lekha man lag6 tar affno man ko baha kasailai na kaha bhanne lage ko thiyo aaba testo hudhaina kin ki tapaile lekhe ko katha nai mero jivan kahahi bhaya ko 6 aajalai yati nai peri pani tapailai mero hridhaya dekhi nai muru muru dhnyawad dina chahan6u
ReplyDeletetapaiko lekh ra jeevan ma ghataka ghatana haru mero jeevan ma pane mal khana vayako la ekdami manparo.
ReplyDelete