बाहिरी हेर्दा झिलिमिली शहर रैछ मायाँ
नहुने लाई जोडी गाँस्नु रहर रैछ मायाँ ।
जान्ने लाईत गितै बन्यो गायो हाली भाका
न जान्ने लाई वियोग को बहर रैछ मायाँ ।
पैसा सित्तै पाइने बरु मायाँ किन्नु पर्ने यहाँ
धन बिनाको मन हुने लाई बेकार रैछ मायाँ ।
पिउन जाने जिउन जाने बिश पनि अमृत
न जान्ने लाई मृत्यु दिने जहर रैछ मायाँ ।
बग्न जाने सङ्लिएर गङ्गा बगे जस्तो
ताल परे फोहोर जम्ने नहर रैछ मायाँ ।
कल्पना कार्की (मुस्कान)
हल्का फुल्का मात्रै होइन एकदम मन छुने गजल छ ल........
ReplyDeleteकहीले बाट सुरु गरेको गजल लेख्न ?
bishnuthapa67@gmail.com