मेरो नाम कल्पना कार्की (मुस्कान) हो ! मेरो घर उदयेपुर गाईघाट मा हो !म पढाई को सिलसिलामा अहिले काठमाडौँ मा बस्दै आइरहेको छु !म दिल्लीबजार कन्या क्याम्पस मा अध्येन गर्दै छु ! मैले एस ब्लग बाट हजुरहरु माझ मेरो केहि तिता मिठा शब्द पुर्याउने अठोट लिएर मैले एस ब्लग मा केहि कविता अनि गजल र कथा लेखेको छु ! साएद हजुरहरुलाई एस ब्लग ले पकै पनि मनोरन्जन दिने छ भन्ने पूर्ण आशा को साथ विश्वास लिएको छु !

Sunday, June 12, 2011

किन तिम्रो मायाले एती चोटै चोट दियो !

किन तिम्रो मायाले एती चोटै चोट दियो !
तिमि आफै भनिदेउ मेरो गल्ति के नै थियो !
ज्यान तिम्रो माग्या हैन खुसि तिम्रो खोस्य छैन
मात्रै तिमि संग जिउने मर्ने बाचा थियो !
तिमि संग माया मागे मेरो गल्ति के नै थियो !
न कसैको डाहा थियो न त् कुनै चाह थियो !
तिमि मेरो म तिम्रो एती मात्रै थाहा थियो
आज मनमा दुख्यो किन मेरो खुसि लुटेउ किन ?
मात्र तिमि संग जिउने मर्ने बाचा थियो !
तिमि संग माया मागे मेरो गल्ति के नै थियो ?
म रमेको संसाररमा कित् किन कुनै खोट थियो !
कित एस्तो मोडमा ल्याउने विधाता कै अठोट थियो !
दिल तोडेर गयेउ तिमि काँडा बनि रहेउ तिमि
मात्र त् तिमिसंग जिउने मर्ने बाचा थियो
तिमि संग माया मागे मेरो गल्ति के नै थियो !

Monday, May 30, 2011

मिलन





घामको लालिमामा सुनौलो त्यो ज्योति
त्यसै भित्र जीवन एउटा अनुपम हुन्छ
विश्वाश गरी तिमीलाई राखे मन भित्र
जहाँ भए पनि एकदिन मिलन हाम्रो हुन्छ

तिमी जहाँ भए पनि जती टाढा गए पनि
फेरी भेट्ने मात्र एउटा आस भए पुग्छ
मेरो तर्फ बाट तिमीलाई धोका हुने छैन
सुम्पी सके यो मन फिर्ता हुने छैन

घामको न्यानो किरणले आस नौलो जगाउछ
हर मान्छेको दु:ख पिर त्यसैले हटाउछ
घामकै रातो किरणले यो मन मग्न हुन्छ
तिमीलाई सम्झेपछि झन यो मन मस्त हुन्छ



Thursday, May 19, 2011

मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ ।

    मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ । मलाई यी जीवनका मोडहरू अत्यन्तै गतव्यहीन लाग्छन् । यी गन्तव्यहीन बाटाहरूमा मान्छे कसरी हिँड्छन् ? म अहिले ठ्याक्कै बच्ची जस्तो भएकी छु । मेरो मानसपटल खाली छ यतिखेर, म शून्य छु र मलाई सबै थोक शून्य लाग्छ, मूल्यहीन छन् तिनीहरू ।जीवनका गन्तव्यहीन बाटाहरू कहाँसम्म छ त्यो मलाई थाहा छैन । मेरा पद्चापहरू अनवरत लम्किरहेछका छन्, उन्मुक्तिको खोजीमा । म खोलामा झरेको पातझैँ बगिरहेको छु बगरै–बगर । खोलाको गन्तव्य सुनिश्चित नभएझैँ मेरो पनि गन्तव्य छैन । सोचे जस्तो हुन्न जिबन गीतमा भनिएजस्स्तो घटना  परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु । सबैजना छन् तर मलाई कोही नभएको अनुभव भईरहेको छ । आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो पाइरहेको छु । मानिरहेको छैन मेरो मन कसैसँग समीप हुन, मलाई  सबै निस्सार लाग्छ आजकल । मममा भएका सबै चीजहरूलाई म मिथ्या देख्छू । मैले बुझिरहेको छैन, ममाथि के बित्न आँटिरहेछ ! मैले जिन्दगीलाई निस्सारपूर्ण तरिकाले ग्रहण गरेको हैन, मैले जिन्दगीमा दुःखै दुःख प्राप्त गरेको पक्कै हैन, मेरा जीवनका बस्तीहरू कदा पिउजाडिएका छैनन् तर किन यो मन बहकिन्छ यसरी ? मैले आत्ममूल्यांकन गर्न    सकिरहेको छुइनँ । म आफूलाई तातो रेगिस्तानमा यन्त्रवत् दौडिरहेको ऊँट सम्झिरहेको छु । म आफूलाई समुद्रमा अनायास बतासिएर गन्तव्यहीन भएको छाल जस्तो ठानिरहेको छु । म आफुलाई मेशिन ठानिरहेछु जो यन्त्रवत् भएर वस्तुहरू उत्पादन गर्नमा विवश छ । म आफूलाई ऊन कात्ने चर्खामा    प रतिविम्बित गरिरहेछु, जुन धागो चुडिएर असरल्ल छरिन सक्छ । सायद यो    उमेरको प्रतिफल हो कि या अतृप्त मुटुको वेग, मैले केही महसुस गर्न     सकिरहेको छैन । यो जिबन किन मैले बुझ्न सकिरहेको छैन आखिर जिन्दगीको परिभाषा क हो ? मेरो जिन्दगि देखेर त् एस्तो लाग्छ जिन्दगि भनेको दुख नै दुख को महासागर हो ! येसभित्र आँसु नै आँसु ले भरिपुर्ण भएर पर्खिरहेको छ अनि येही दुखले नै सधै पछ्येरहेको छ कहिले पनि यो दुखले बिरानो मानेन मलाई ! सधैभरी साथ दिदै आइरहेको छ ! कहिले पनि मान्दैन छोडेर जानलाई अनि मेरो साथ जिन्दगि भरि नै नछोड्ने गरि आएको छ मेरो जिबनमा ! दुख ले भने सधै माया गरेर बसेको छ अनि कहिले पनि नछोड्ने गरि बस्छ तर कस्तो बिडम्बना मलाई जसको आबश्येकता छैन जसलाई म माया गर्दिन आफ्नो बनाउन चाहन्न उसले मलाई सधै आफ्नो बनाउछ र माया गर्छ ! जसलाई म आफ्नो बनाउन चाहन्छु उ म संग कहिले पनि नजिकिन खोज्दैन मेरो साथ आउनै मान्दैन अनि टाडा टाडा भाग्छ ! यो सुख कस्तो निस्ठुरी रहेछ म सुखलाई सधै आफ्नो बनाइरहन चाहन्छु ! तर कहिले उ मेरो जिबन म आफ्नो हुन सकेन कस्तो रहेछ यो जिन्दगि जे चाहन्छु तो हुदैन जे चाहदिन तेही हुन्छ ! आज म यो संसारमा आफन्त नै आफन्तहरु को बीच बसेर पनि म एक्लो  भैरहेको छु ! यो संसार मलाई खाली नै खाली लागिरहेको छ यो सुन्य संसारमा म एक्लै भौतारिरहेको छु ! मेरो गन्तब्ये खोजिरहेको छु ! मेरो यो अगी बढ्न नसकेका पाइलाहरुलाई  सकी नसकी अगाडी बढाउने कोसिस गरिरहेको छु !

                
            
           
   
        
        
               

Sunday, May 8, 2011

असिम सम्झनाका स्नेहहरु

असिम सम्झनाका  स्नेहहरु

 तपाई म बाट भौतिक रुपमा टाडा हुनु  भएको छ !तर पनि हजुरको माया यो मुटुमा अमर छाप बनेर रहेको छ ! र मलाई विश्वास छ म बाट टाडा भएपनि हजुर को मनमा  म प्रति को स्नेह प्रेम र चोखो माया सदैब जीवित रहिरहनेछ !रहेको छ मान्छे भौतिक रुपमा टाडा भएपनि माया सम्झना र ह्रदये भित्र को प्रेमलाई नै सदै ताजा नै अमर बनि राखेको हुनेछ  मैले हजुरलाई विश्वास गरेको छु र हजुरले पनि मलाई विश्वास गर्नु भएको छ ! र येही विश्वासमा नै सम्बन्ध टिकेको हुन्छ !जुन दिन हजुर कम को शिलशिला मा म बाट टाडा जानु भयो तो पल तो बिदाई को क्षण कति नरमाइलो भएको थियो  !बास हाम्रो आखाहरू ले माया को भाब प्रकट गरिराखेको  थियो ! र एक अर्का प्रतिको बिस्वास्लाई झल्काई राखेको थियो !यो मनमा दर लाग्ने गर्छ अनि म अतालिने गर्छु कहिँ कतै भौतिक रुपमा भएको यो दुरी ठुलो रुप त् लिने हैन ? म बाट सदा को निम्ति टाडा टाडा हुने त् हैन ? भन्छन समय र परिस्थिति को अगाडी कसैको केहि चल्दैन रे भाग्येमा जे लेखेको छ तेही भोग्नु पर्छ रे तेसैले मलाई दर लाग्ने गर्छ कहिँ कतै मेरो भाग्येमा हजुर नलेखेको भए अथवा समय र परिस्थिति ले हामीलाई सदाको निम्ति बिछोड गरिदियो भने म कसरि बाँच्न सकुला सम्झदा पनि काहाली लागेर आउछ !तर पनि बिस्वस्त हुने गर्छु किनकी हाम्रो प्रेम साँचो छ !र प्रेम ले अबस्ये पनि अमरताको रुप लिनेछ ! अनि आफ्नो लक्ष्य पुरा गरि सके पछी जिबन को मिठो सपनालाई हामी पुरा गर्ने छौ !दुवै एक हुने छौ र जिबनमा आइपरेका  हरेक अप्ठ्यारा र परिस्थितिहरु  संग दुवै मिलेर समाधान खोज्ने प्रयास गर्ने छौ र  विभिन्न  चुनौती हरु साग मुकाबिला गरेर अगी बढ्ने छौ !हजुर प्रति को यो मेरो विश्वास हो !चोखो स्नेह हो !हजुर प्रतिको यो बिस्वास्लाई यो मिठो मायालाई हजुरले सदैब जोगाइ राख्नु हुने छ भन्ने मलाई पूर्ण विश्वास छ !अन्तमा हजुर कहिले घर फर्कनु हुन्छ ? र फर्कदा मलाई के ल्यादिनु हुन्छ ? बास म त् हजुर कहिले आउनु हुन्छ भन्ने प्रतिक्षामा दिनहरु बिताउन थालेको छु बास हजुर फर्कने दिनहरु गन्दै बसेको छु !
उही हजुरलाई माया गर्ने
कल्पना कार्की (मुस्कान)

Friday, April 1, 2011

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै महँगो यो सहरमा बसेको छु
जता ततै गरिबी को भिड देखेको छु आफूलेनै
वाध्य भई येही भिड को रमिते भएर बसेको छु
पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छ म गरिबीमा  बसेको छु
शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु
कल्पना कार्की (मुस्कान)

Thursday, March 31, 2011

आज पनि हाम्रो मन रोहिरहेको छ

आज पनि हाम्रो मन रोहिरहेको छ ! यिनै सहिदहरु को निम्ति किन नरोओश पनि किनकी येही सहिदहरु ले हाम्रो देश को लागि ज्यान गुमाएका छन ! येही  देशमा शान्ति ल्याउन भनेर लागि परिरहेका थिए ! हाम्रो देश को सरकारलाई जोगाउनलाई यो सरकार ढल्न नदिन भनेर आफ्नो ज्यान धराप मा राखेर उहाँहरु आफ्नो कर्तब्य निभाईरहनु भयो !सरकार मा आउनको लागि जंगल पसेर सरकार प्रति बिद्रोह मच्चाएका जंगलीहरु जसको उपनाम (मावोबादी ) भनेर चिनिने यी दुस्टहरुसंग आफ्नो देश को रछ्या गर्नलाई यिनीहरु संग भिडन्त गर्दा गर्दै कति ले  ज्यान गुमाउनु पर्यो ! अनि येही देशको लागि सहिद भए ! जाने गैहाले तर उहाहरुको साहारा मा बाच्ने उहाहरु को परिवार को हालत कसले हेर्ने ? उहाहरु हाम्रो देश को लागि सहिद हुनु भएको थियो ! र अब उहाहरु को परिवारलाई त् सरकार बाट केहि हुनु पर्यो नि तर खै गरेको यो सरकार ले अनि जसका साहारा नै येही देशले लुटेपछि उहाहरु को परिवारलाई साहारा दिनु पर्यो सरकार ले उहाहरु को बालबच्चालाई पनि हेर्नु पर्यो जसको उमेर पुगेको छ ! उनीहरुलाई रोजगार दिलाइदिनु दिनु पर्यो !  जसको उमेर पुगेको छैन उनीहरुलाई पढाईदिनु  पर्यो ! जब सम्म उहाहरु को परिवार आफुमा निर्भर रहदैन तब सम्म सरकार ले हेरीदिनु पर्यो ! तर खै के आस गर्नु येहाको सरकार बाट  सहिदका परिवारहरुले  जब कि यो देशमा एउटा संबिधान लेख्न त् येहाका नेता भनौदाहरु ले लेख्न सकिरहेका छैनन् भने येहाका सहिदका परिवारहरु   खै कसले गर्ने आस्वासन त् नदिने हैन येहाको सरकार ले दिन्छ  तर सहिद दिबस को दिन भने अबस्ये सुनिन्छ सहिद को पक्ष मा धेरै बोल्छन तर उनीहरु बोलि मै सिमित राखी दिन्छन अनि पिडितहरु तेही सानो झिनो आश लिएर जिएका छन ! बोल्न सक्दैनन यो सरकार बिरुद उनीहरु त् येही सरकार को मुख हेरेर बस्छन कुनै दिन त् हाम्रो लागि पनि गर्छ भन्ने सानो आस लिएर बाचेका छन ! तर हाम्रो सरकार ले उनीहरु को यो सानो आस आस मा नै सिमित बनाउदै आएको छ ! लाग्छ जब सम्म येहाका पिडितहरु जाग्दैनन तब सम्म हाम्रो सरकार ले केहि सोच्दैनन् ! हाम्रो देश को राजनीतिक अबस्था सारै नै राम्रो र सुन्दर छ ! कसरि भन्नु पर्दा हाम्रो देशका नेता नाम संज्ञा पाएकाहरु एकदमै सुरछित छन! देश को लागि केहि गर्नु परेको नै छैन तेसैले ७५% जनताहरु ले एक छाक खाना खाएर जिन्दगि गुजारिरहेका छन भने नेता हरुले त् कम्तिमा रोजी रोजी ६ छाक त् खान पाएका छन ! देश को लागी केहि बिकाश  गर्नु परेको छैन कति आनन्द ले भत्ता पकाएर बसेका छन !साँची भन्नु पर्दा हाम्रो देशको राजनीतिक अबस्था अति नै सुन्दर छ ! राम्रा मान्छेहरु को जिन्दगि कठिनाईमा फसेको छ उनीहरुलाई हिड्नलाई गारो भएको छ ! नराम्रा बदमासहरु आनन्दसग बसेका छन !अनि जनताहरुले चुनेर माथिसम्म पुरयाएका नै छन ! बिचरा ! सोजा जनताहरु आफ्नो गाउमा बत्ति, पानी, यातायात,संचार,बिधुत, आदि आउछ भनेर एउटा साधारण मान्छेलाई चुनेर नेता नाम ले चिनाई दिन्छन तर नेताहरु ले भोट माग्दा मात्रै देशको र त्यो गाउका जनताहरु को बारेमा सोच्दा रहेछन ! तर माथि पुगिसकेपछि कुन ठाउबाट  जनता ले जिताएर येहा सम्म आएको भन्ने कुरा नै बिर्सिदा रहेछन ! अनि जनताहरु पनि आफुले चुनेको मान्छे माथि पुग्दा जति नेतालाई खुसि हुन्छ तो भन्दा बढी खुसि जनतालाई हुन्छ ! के कारण ले जनता खुसि हुन्छन भने अब हाम्रो ठाउमा पनि सबै ठोक को बिकाश हुने भयो! भनेर हर्स का आँसु झार्छन मर्न लागेका बुढाबुढी पनि मुसक्क हास्छन आफुले चुनेको तो साधरण मान्छे नेता हुदा! तर उनीहरु नेताको नाम पाएपछि खाएको सबै कसम र गरेका सबै बाचाहरु उनीहरु बिर्सिन्छन ! बिचरा जनताहरु कागलाई बेल पाक्यो हर्सं न बिस्मात भने झैँ हुन्छन ! उनीहरु को सपना सबै येतिकै खेर जान्छन ! तर कहिले पनि हार खादैन्न फेरी पनि चुनाब हुन्छ अनि भोट हाल्छन उनीहरुलाई पहिला जसलाई जिताएका छन उसलाई नै जिताउन लागि पर्छन आखिर किन ? उनीहरुलाई नै जिताउन अगी सर्छन ! किनकी उनीहरुलाई अलिकति भएपनि आस छ अब चाही केहि गर्छ कि भनेर तर बार बर्स कुकुर को पुछार ढुंग्रामा राख्यो उस्ता को उस्तै भने जस्तै पारिदिन्छन जनताको सपनाहरुलाई  ! सहरमा गएपछि त्  गाऊ फर्किन त् कि फेरी चुनाब नै हुनु पर्यो नत्र भने उनिहरु को अनुहार देखिन् गारो नै हुन्छ अनि जनताहरु लाई आफुले जिताएर पठाएको मान्छे को अनुहार हेर्न कि टिभी नै हेर्नु पर्यो कि अर्को चुनाब नै कुर्यो भने मात्रै तो मान्छे को अनुहार देखिन्छन !अनि जनतालाई आस देखाएर माथि पुगेका नेताहरु पनि कहाँ आनन्द ले बस्छन र बिचराहरु पनि कुर्सि को लागि त् दुख गरिरहेका नै हुन्छन ! खै येस्ता नेताहरु बाट अझै पनि के आस गरेर बसेका हुन् जनताहरु भएका सबै भवनहरु फुटाएर अनि सरकारको ढिकुटी रितायेर बसेका नै छन कति आन्द छ !न त् केहि बिकाश नै गर्नु परेको छ नत केहि नै सरर कालो पंजेरो चड्यो अगाडी पछाडी सुरछा गार्ड राख्यो हिड्यो क्या मज्जाछ नेताजी हरुलाई के गर्नु जता बाटै दुख पाउने भने को त् जनता नै त् हुन् नि ! एउटा नेता ले कुर्सि पायो अर्को नेता सडक मा उत्रिन्छ अनि कसरी हुन्छ देशको बिकाश? जनता को लागि केहि नगरे पनि देश को लागि त् गर ! नेताज्यू हरु हामी जनतालाई त् अब  केहि आश  नै छैन  तर देशको लागि केहि  गर ! अरु देशहरुलाई नै हेरेर आफ्नो देश को पनि बिकाश गर ! हामी जनताहरु लाई केहि नगरे पनि देशको लागि केहि गरेउ भने सबै जनताहरु खुसि हुने छन ! जग बिना को घर कुनै घर हुदैन भईनै हाल्यो भने पनि दरो कहिले हुदैन एउटा दरो मान्छे चुन जसलाई कि सबै ले विश्वास गर हातमा हात मिलाएर साथ मा साथ दिएर अगाडी बढ एकले अर्को को खुट्टा तान्ने बानीलाई हटाऊ अनि अगाडी बढ हामी सबै जनताको येही नै छ नेताहरु बाट  आसा ………….मिलेर देश चलाऊ अनि सबै ठाउमा बिकाशगर सबै ठाउमा यातायत,संचार,बिधुत,खानेपानी,पुर्याईदेउ ……येही नै शुभकामना छ ……

कल्पना कार्की(मुस्कान )

Sunday, March 20, 2011

मेरो प्यारो बाबा

बाबा हजुर कहाँ हुनुहुन्छ तो त् मलाई थाहानै छैन तर मलाई यो थाहाछ कि हजुर अब हामी संग हुनुहुन्न !बाबा हजुर को याद धेरै नै आउछ दिनरात हजुर को सम्झना अनि हजुर कै यादमा दिन  बिताउदै छु ! बाबा हजुरलाई पनि रहर थिएँन  होला यो संसार बाट जानलाई  के  गर्नु हुन्छ बाबा यो पापी संसार बाट मुक्ति पाउनु भयो बाबा बाच्नु भएको भएत्  हजुरले धेरै दुख गर्नु पर्ने थियो !हामी ६ जना छोरी हरुलाई पाल्नु पर्थियो अनि हाम्रो धेरै चिन्ता गर्नु पर्थियो हजुरले अब  त् यो गर्नु परेंन ! हजुर ले बाबा के  गर्नु कहिले कहिँ एती धेरै रिस उठछ हजुर संग पनि अनि एस्तै एस्तै सोचेर मन लै सम्हाल्छु के  गर्नु बाबा हजुर कै याद मा मात्रै दिन बताउन पनि कहाँ सकिदो रहेछ र बाबा म त् हजुर को प्यारी छोरी पनि त् हुनी अनि तेसैले होला बढिनै याद आउछ बाबा ! के  गर्नु कहिले कहिँ त् मलाई पनि हजुर सगै आउँन मन लाग्छ तर के  गर्नु बाबा म पनि हजुर संगै आए भने ममुहरु को सेवा अनि मेरा फूलका कोपिला जस्ता बहिनि हरुको हेरचाह कसले गर्छ भनेर सम्झन्छु अनि आउँन सक्दिन! बाबा म मेरो परिवारलाई अबस्ये  साथ दिने छु ! बाबा अनि हजुर को सपना म साकार पार्नेछु! बाबा हजुर को जेठी छोरी भएको कारण ले भन्नु हुन्थियो नि मलाई हजुरले मेरो छोरा नै तिमि होउ भनेर हो बाबा म हजुर को छोरानै भएर अगाडी बढ्ने छु !बाबा अनि म सबै को ख्याल गर्ने छु बाबा सबैलाई समान माया ममता बाड्ने छु बाबा म मेरो २ ओटा मामु को सेवा गर्ने छु !अनि ५ ओटा बहिनिहरु को भबिस्य पनि उज्यालो बनाउने छु ! बाबा हजुर गए पछी हामीलाई धेरै दुख त् आइपरेको छ तर मामुहरु येही दुख संग चुनौती दिदै हामीलाई अगाडी बढ्नलाई प्रोत्साहन दिदै आउनु भएको छ ! हो बाबा मामुहरु आफु एकछाक खाएर पनि हामीलाई कहिले भोको राखनु भएको छैन बाबा अनि हामीले पनि बुझेका छौ बाबा हामीले पनि ममुहरु को सपना पुरा गर्ने छौ !बाबा अनि थाहा छ बाबा हजुर गए पछी त् सबै जना टाडा टाडा हुनु भएको छ !अनि हाम्रोमा कोहीपनि आउन छाडे न त् फुपुहरु  न त् ठुलो बाबाहरु अनि अंकल पनि आउनु हुन्न ! साएद अब  हजुर नै नभए पछी हामी त् को नै परेउ र उहाहरु को तेसैले होला कोहि पनि हाम्रो घर नजानु भएको ! तर केहि छैन बाबा अब हजुर भए पो आउने नि हुन् पनि हो हामीले कसैलाई केहि दिन सक्दैनौ तेसैले होला कोहि नि हाम्रो घर नआउनु भएको! अरुहरु पनि कति टाडा टाडा बाट मामाघर जानु हुन्छ! तर हाम्रो मा कोहि नि  जानु हुन्न साएद उहाहरुलाई पनि कस्तो लाग्छ होला हामी एती टाडा बाट  गएका छौ तेहा पनि जाऊ भनेर कहिले पनि सोच्नु हुन्न कसैले पनि तेहा पनि साना साना  बहिनीहरु छन् ! तेहा पनि बिदुवा माइजु,आन्ति,बुहारी छ भनेर कोहिनी जादैन्न ममुहरु को लागि नगए पनि सानो बहिनि हरु को लागि त् जादा हुन्छ नि हैन र बाबा के  हामी पनि त् हजुर कै रगत त् हो नि तर पनि किन बुज्दैन्न कोहि पनि बाबा म अहिले येही हजुरको सपना साकार पार्नको लागि भनेर काठमाडौँ बस्दै आएको छु ! तर हजुर को आफन्तहरु येहा धेरै हुनुहुन्छ !तर पनि कसरि बसेकी छ तो के  गर्दै छ कुन बाटो तिर हिदैछ सन्चो छ कि छैन केहि वास्ता गर्दैन्न !बाबा तर केहि छैन  मलाई विश्वास छ कि म नराम्रो बाटोतिर कहिले लाग्ने छैन मैले मेरो परिवार को सपना अबस्ये  साकार पार्नेछु  !बाबा हो बाबा ! अनि थाहा छ बाबा म काठमाडौँ आए पछी मलाई एकदमै धेरै माया गर्ने दिदि पाएको छु ! उहाले मेरो एकदमै ख्याल गर्नुहुन्छ ! मलाई जस्तो सुकै दुख मा पनि साथ दिनु  भएको छ !उहा त् मेरो जिबनमा भगवान जस्तै भएर आउनु भएको छ !बाबा म येहा आएर कति बिरामी भए सबै दिन उहाले  नै मेरो हेरचाह गर्नु भयो ! तर बाबा सदै भरि एकै नास पनि नहुने रहेछ बाबा उहाले मलाई छाडेर जानु भयो !आफ्नो पनि त् भबिस्य बनाउनु पर्यो नि हैन बाबा तेसैले हामी सगै नभएपनि उहाले मलाई एकदमै माया गर्नु हुन्छ म पनि उहालाई एकदमै धेरै माया गर्छु !बाबा अहिलेपनि मलाई उहाले नै ख्याल गरिरहनु भएको छ ! उहाले सदै भन्नुहुन्छ !तिमीले राम्रो काम गर्नुपर्छ भनेर  अनि उहाले मेरो हेरचाह गर्नुहुदै आउनु भएको छ ! मैले कस्तो काम गर्दै छु भनेर के गर्नु बाबा रगत को नाता भन्दा भावनात्मक नाता राम्रो हुदोरहेछ ! मामुहरु बाट टाडा बसेर पनि मलाई येहा  अधिन मा राख्खने मेरो दिदि हुनु भएको छ !अनि अझै पनि मलाई उहाको डर लाग्छ  केहि गर्नु छ भने पनि उहालाई पहिला भनेर मात्रै गर्छु! बाबा किनकी मेरो उहा अभिभाबक भन्दा कम् हुनुहुन्न ! बाबा अरुले मेरो केहि वास्ता नगरेता पनि दिदि ले मेरो हेरचाह गरिरहनु भएको छ! बाबा मैले उहाको विश्वास पनि अबस्ये मर्न दिने छैन जति उहाले म पर्ती विश्वास गर्नु भएको छ  ! तो विश्वास मैले काएम राखने छु बाबा ! यो  हजुर को छोरी ले कहिले पनि नराम्रो काम गरेर बस्ने छैन जस्तो सुकै दुख संग  पनि मुकाबिला गर्दै अगाडी बढ्ने छे कहिले पनि हार खाने छैन ! यो कल्पना! हो बाबा जिन्दगि नै  एस्तै रहेछ ! दुख र पिडा बिना को जिन्दगि जिन्दगि हैन रहेछ जसले दुख र सुख को अनुभब गर्द छ नि बाबा तेसैले बुझेको हुन्छ जिन्दगि को अर्थ ! बाबा हजुरलाई त हामीबाट येहाका मावोबादी भनौदा  दुस्तहरु ले हामीबाट चुडेर लगे  ! जति बेला हाम्रो देशमा  मावोबादी भनौदाहरु ले जताततै आन्दोलन नै आन्दोलन चर्काएका थिए !सरकार र मावोबादी को भिडन्तमा हजारौ जनताहरु सहिद भैरहेका थिए ! तेसै माथि जहाँ तेही रगत को खोलाहरु बगिरहेको थियो ! अनि हाम्रो सरकार भनौदो चुपचाप लागेर बसिरहेको थियो ! अनि आफ्नाले आफ्नालाई मारिरहेका थिए ! तर सरकार तेसको  रमिते  भएर हेरीरहेको थियो ! बाबा हजुरहरु को ज्यानलाई यो सरकारले केहि गर्न सकेको थिएँन ! अनि के के नै पाउछौ भनेर जंगल पसेका यी जंगलीहरु जसको उपनाम (मावोबादी ) भनेर चिनिनेहरु ले एस्तो तहसनहस बनाएर रगत को खोला बगाए ! जसले गर्दा येहा धेरै को सिउदो पुछियो धेरै टुहुरा भए भने कति को माइती उजाडियो कति को कोख रितियो ! साएद यिनीहरु जंगल नपसेको भए हाम्रो देशमा एस्तो स्थिति सिर्जना पनि हुने थिएँन बाबा यिनीहरु ले नै गर्दा आज हामी हजुर सग छुट्नु पर्यो  हजुर संग हामी मात्रै हैन बाबा येहा त् हजुर र म जस्तै हजारौ परिवारहरु येसरिनै छुटिरहेका थिए  येही दुस्टहरु ले गर्दा  हजुरहरुले त् यो देश को रछ्या गर्न भनेर लागि पर्नु भएको थियो नि हैन ? बाबा तर हजुरहरुलाई त् यो देश ले केहि गर्न  पनि सकेन बाबा हजुर ले त् यो देश को लागि धेरै गर्नु भयो ! अनि ज्यान पनि यो देश को लागि नै त्याग्नु भयो ! अनि येही देशको लागि सहिद हुनु भयो ! बाबा हजुर जस्ता धेरै मान्छेहरु सहिद भए येहा ! येहा शान्ति ल्याउन को लागि हजुरहरु लागि पर्नु भयो ! तर बाबा अहिले सम्म पनि येहा केहि हुन् सकेको छैन ! बाबा हजुर ले जस्तो छाडेर जानु भएको थियो नि तेस्तै नै छ यो देश थाहा छ मलाई बाबा जब सम्म यो देशमा शान्ति आउने छैन तब सम्म हजुर जस्तै कयेउ सहिदहरु को आत्मा ले शान्ति पाउने छैन बाबा ! तर खै यो दिन त् आउछ कि आउदैन तो त् मलाई थाहा छैन !तर बाबा अब येहा का प्रतेक सहिदहरुका घरबाट हजुरहरु को शान्ति को लागि उठ्ने छन् ! एकदिन हो बाबा हजुरहरुलाई शान्ति दिलाउने छन् येहाका पिडित परिवारहरु ले अब सबै चुपलागेर बस्ने छैनन् !बाबा अब यो सरकारले त केहि गर्न सकेन धेरै लामो समय सम्म सरकार को बाटो हेरेर बसे तर केहि गरेंन यो सरकार ले अब गर्छन येहाका जनता हरुले हो बाबा गर्नेछन अब येहाका जनताहरुले बाबा क गर्नु एक्लै ले केहि गर्न सकिदोरहेनछ तेसैले हजुर को यो छोरीले अब सबै लाई एकजुट बनाएर हजुरहरु को आत्मा को लागि लड़नेछे अनि शान्ति दिलाएर नै छाड्ने छे यो हजुरको छोरी को एउटा सहिदहरु प्रति को भाबना हो ! मैले मात्रै हैन बाबा सबैले ले अब लागि पर्ने छन् ! जसले आफ्नो सहिदहरु को सपना साकार पार्ने उदेश्य बोकेका छन् तिनीहरु अबस्ये लड्ने छन् ! हजुरहरु जस्तो सहिद को लागि जसले यो देशमा लडेर सहिद भएका छन् तिनीहरु को आत्मा को लागि लागि पर्ने छन् ! बाबा एस्तै छ येहा को खबर फेरी यो देशमा केहि परिबर्तन भएछ भने अर्को चिठी अबस्ये लेखने छु ! म धेरै खुसि छु र मलाई गर्ब छ ! म हजुरको सन्तान भएर जन्म लिएकोमा ! बाबा अर्को जुनीमा पनि म हजुर कै सन्तान भएर जन्म लिन पाऊ !हजुरलाई सबै बहिनिहरु(कमला,कोपिला,करिस्मा,किर्तिमा,कविता ) ले धेरै सम्झिरहेका छन् ! मामुहरुले पनि धेरै नै सम्झिनु भएको छ हजुरलाई सधै हजुर कै कुरा गर्नु हुन्छ अनि भन्नु हुन्छ ! तिमीहरु ले पनि बाबा ले जस्तै देश र येहा का जनताहरु को लागि पर्नु पर्छ भनेरसम्झाउनु हुन्छ हो बाबा मेरो प्यारी २ ओटा मामु हरु सधै भन्नु हुन्छ बाबा ठाउमा उभिएर देखाउनु पर्छ भन्नु हुन्छ ! र हामी अबस्ये मामुहरु को सपना साकार पर्ने छौ यो हजुर को छोरीहरु को बचन हो बाबा ! बाबा म हजुरलाई धेरै सम्झिरहेको छु !
बाबा उही हजुर को प्यारी छोरी
कल्पना कार्की (मुस्कान)
सम्झना धेरै नै आउछ


Tuesday, March 8, 2011

छंग छंग गर्ने झरना संगै

छंग छंग गर्ने झरना संगै
सरर बग्ने पवन संगै
आनन्दको अनुभुति गराउदै
आयौ नयाँ बर्ष तिमि

अशुद्ध आत्मालाई शुद्ध तुल्याउदै
प्यासी आँतलाई तृप्त पार्दै
सत्प्रेरणाको अनुयायी बनेर
ईच्छाशक्ती गति बढाई
अनाबृष्टिमा पुष्पबृस्टि गराउदै
चम्क तिमि नयाँ बर्ष

झुल्के प्रेमका शब्द लिएर
बिष होइन अमृत पिलाई
पाप होइन पुण्य दिलाई
काँडा होइन फूल फुलाई
हरेक युगल जोडि बिच
चन्द्र बनि उदाउ नयाँ बर्ष तिमि।

सुषुप्त रहेका प्रतिभाहरुलाई
अथक सृजनाको प्रेरणा दिदै
हुरि बतासको बेगलाई उछिन्दै
कर्मको दियो अटुट बाल्दै
सबैमाझ माधुर्य मैत्रीभावको
आलौकिक रोशनि फैलाउदै
आउ नयाँ बिहानि लिएर
तिमिलाई मेरो शुभकामना ।

सम्पुर्ण ब्लगर मित्रहरु, पाठक र देश-बिदेशमा रहनुभएका नेपालिहरुमा नयाँ बर्ष 2068 को मंगलमय शुभकामना सहित सुख सम्बृदिको कामना गर्न चाहन्छु ।

Thursday, March 3, 2011

याद आयो

जब देखें आज मैले पूरानो साथीको याद आयो
 ममी यादमा छट्पटिंदै बितेको रातिको याद आयो ॥
छोडेको थिएँ बितेको पल लिन्न भन्थे सम्झनामा
 रुदै घरबाट सबैलाई बाई गरि हिडेको याद आयो ॥
हुन होस नहुन होस साहित्यको बाटो एउटै
घरमा ममी र बहिनि साथीसंगी को याद आयो ॥
मिठो लाग्थ्यो अमला टिप्न जाँदा कति लडियो
नउठाउँदै कुल्चिहिंड्ने बिस्वासघातीको याद आयो ॥
भाषा भाषी धर्म कर्म नेपालीको बदनाम गर्दै
समाजबाट अपहेलित तल्लो जातिको याद आयो ॥
जब देखें आज मैले पूरानो साथीहरु को याद आयो
ममी को यादमा छट्पटिंदै बितेको रातिको याद आयो ॥
कल्पना कार्की (मुस्कान)

Wednesday, March 2, 2011

मेरो प्यारो उदयपुर

छाडेर आए अन्धकार ठाउमा चिने जानेको कोही छैन
बरु
फर्केर  जाऊला  उदयपुर यहाँ बसेर केही भयन
घर घर नै हो ममी र साथीहरु को याद आइरहन्छ.
आफन्त बिना को जिन्दगी अन्धकार  नै रहन्छ
गुलाफ़को काडा कड़ा नै हो  बिजाउने  नै भयो .
तर गुलाफ़ ले पनी  सुगन्ध दिनेनी भयो
खडेरी त् खडेरी  नै हो उजाड़  नै हुन्छ.
तर बर्षा पनी मलाई  उजाड़  नै लाग्छ
मन जलाउने गरी आफन्तहरु को याद
आउछ 
 छाडेर आय यहाँ  बारम्बार  उदयपुर को याद आउछ
यो मन घर र ममी अनि साथीहरु सम्झेर मुटु पोल्छ
खुसी र उमङ्गहरु मलाई आजकल फीका  लांग्छ
सफलताहरु आजकल मलाई
हार लाग्छ
हरेक चाहना हरु सबै   तितरबितर हुन्छ
किनकी यो मन आफ्नो प्यारो
उदयपुर  गाइघाट
घर साथीहरु को सम्झनामा दुबिरहन्छ
कल्पना कार्की (मुस्कान)

Tuesday, March 1, 2011

मायाँ

बाहिरी हेर्दा झिलिमिली शहर रैछ मायाँ
नहुने लाई जोडी गाँस्नु रहर रैछ मायाँ ।

जान्ने लाईत गितै बन्यो गायो हाली भाका
न जान्ने लाई वियोग को बहर रैछ मायाँ ।

पैसा सित्तै पाइने बरु मायाँ किन्नु पर्ने यहाँ
धन बिनाको मन हुने लाई बेकार रैछ मायाँ ।

पिउन जाने जिउन जाने बिश पनि अमृत
न जान्ने लाई मृत्‍यु दिने जहर रैछ मायाँ ।

बग्न जाने सङ्लिएर गङ्गा बगे जस्तो
ताल परे फोहोर जम्ने नहर रैछ मायाँ ।
कल्पना कार्की (मुस्कान)

आज फेरी

उस्को लागि मनमा कुरा गुन्न थालेको छु
न बजाएको धुन आजकाल सुन्न थालेको छु ।
प्रिती बस्ने बेला होकी पागल पन हो मेरो
न फुलेको फुलको माल उन्न थालेको छु ।
हिजो सम्म किन किन बैराग लाग्थ्यो जिबन
उन लाई भेटे देखी यता जिउन थालेको छु ।
साँझ बिहान हुनु हुन्न बर्बराउँदै एक्लै
दिक्क लाग्ने देउरालीमा धाउन थालेको छु
टुना मुना गरे कित? रुपै उस्तो हो कुन्नी
अमृत होकी बिष हो पिउन थालेको छु!
कल्पना कार्की (मुस्कान)

भेट हुँदा तिमी सित

भेट हुँदा तिमी सित त्यसै त्यसै पातिन्छु म
पल भर तिमी सित नभेट्दा त्यसै आतिन्छु म ।

कागजमा मन पोख्दैमा कहाँ हुन्छ र ठुलि
तन मनले तिमी सित खै किन साटिन्छु म ।

नजर छुपाइ म तिर जब के हेर्छौ तिमी ले
सोमरस झै उसै उसै मदहोस्मा मातिन्छु म ।

न तोड्नु न फोड्नु तिम्रै लागि जोडीएको तन
बल्ल तल्ल टालेको यो मन फेरी च्यातिन्छु म ।

धोका दिने कुरा गर्यौ भने त्यसै पनि भासिन्छु म
पल भर तिमी लाई देख्न्न नपाए त्यसै आतिन्छु म ।
कल्पना कार्की (मुस्कान )

हासो हो कि व्यथाले हो कतै छाएन

हासो हो कि व्यथाले हो कतै छाएन |
त्यहिँ भएर आज गजल लेख्नै आएन |

मन रुंदा पनि,अनि हास्दा पनि
मेरो ओठ ले कहिल्यै नि गित गएन |

तड्पी दिदा मन मुटु उनको याद भित्र
तर पनि उनलाई खोज्दै मन धाएन |

सोची खुसि हरु थाक्दा मष्तिस्क नि
चुस्स आड लगाई बस्ने आश्रम पाएन |

एकाग्र नै पारी मन,कोटी-कोटी जप्दा पनि
मनमा प्रकट हुने "जुन" कतै उदाएन |

"निष्ठुरी"

बनपाखा को माया प्रिती भुल्यौ निष्ठुरी
यात्री छाडी अन्त कतै फुल्यौ निष्ठुरी

मेरो मन तिम्रो लागि खुल्ला आकाश हुँदा
दुनियाको घर-घर डुल्यौ निष्ठुरी |

स्वतन्त्र र अधिकार को दुरुपयोग गरि
आफ्नो मान्छे भुलेउ निस्ठुरी !

मरे तिम्रै काख भन्थ्यौ बाचे तिम्रै साथ
तर मुटु चुडी अन्तै घुल्यौ निष्ठुरी |

बाच्ने आधार भन्थ्यौ जिन्दगि नै तिम्रो
बाच्ने आधार काटी कसलाई हुल्यौ निष्ठुरी ?
कल्पना (बिरही)

Monday, February 21, 2011

झुठो आश्वासन

सपनाको भारी बोकाई
बिपनामा छाडी गयौ
आज म जिउँदो छदाछदैं
अर्काकै तिमी भयौ
नहुनुनै थियो भने
ब्यर्थै किन माया लायौ?
तिम्रो त्यो झुठो मायाले
आज मलाई जिउँदै मार्यौ
हजार कसम नखाँुउ भन्थे
खान मलाई वाध्य पार्यौ
आज यही बिष भयो
मलाई आज जिउँदै मार्यौ
सुख तिम्रो संसार थियो
यो दुखिलाई किन हेर्यौ?
आखिर तिम्रो जीत भयो
किन यात्राो नाटक खेलेउ??

********"किन यो मन रोइरहेको छ"******************

भुलेकै छु अतित लाई
किन याद अरहेछ
छुटेकै छ हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ
रितिएकै छ आशु
किन छल्कि पोखिन खोजिरहेछ
रोकिएकै छ बर्षा किन
परेलि भिझिरहेछ
एक्लै छु एकान्तमा
किन कोहि अइ सताईरहेछ
हाँसेकै छन दुनियाँ
किन यो मन रोइरहेको छ !

Tuesday, February 1, 2011

रुझेका यि आँखाहरुले

रुझेका यि आँखाहरुले तिमीलाई खोजीरहेछ
दुखेको यो मेरो मुटुले तिमीलाई रोजीरहेछ

बहन्छु म चँङासरि हुरीले उडाउछ जँहा
न लक्ष्य छ कुनै मेरो न साथी छ कोहि यँहा
लक्ष्यहिन पाइलाहरुले तिमीलाई पछ्याइरहेछ
दुखेको यो मेरो मुटुले तिमीलाई रोजीरहेछ

के ओझेल भयो तिमी टाडा टाडा क्षितिजमा
हाँसोको अर्थ रहेन उजाड मेरो जिवनमा
निशब्द यि ओठहरुले मुस्कान खोजिरहेछ
दुखेको यो मेरो मुटुले तिमीलाई रोजीरहेछ

फूल जस्तो लाग्छ जीवन

फूल जस्तो लाग्छ जीवन, प्रेम यसको सुगन्ध
कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन

आफन्तको भिडमा पराइको साथले
अविश्वासको अँध्यारोपन टाढा जब भागिदिनाले
दीप जस्तो लाग्छ जीवन प्रेम यसको किरण
कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन

बादलभित्र पंछीहरू, लुकामारी खेलिदिदाँ
सपना देख्ने आँखाबाट आँशु मेरो बर्सिदिदाँ
आकाश जस्तो लाग्छ जीवन प्रेम यसको पवन
कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन

Monday, January 31, 2011

जीवनको गोरेटोमा»जीवन दुखेको छ

तिमी भन्थ्यौ, 'जीवनको गोरेटोमा दुःख आइपर्‍यो भने त्यतिबेला मलाई सम्झनु । तिम्रा दुःख मेरो सम्झनामा हराउनेछन् र तिमीमा संघर्ष गर्ने आँट आउनेछ । जीवन संघर्ष हो, त्यसैले समस्यासँग डराएर भाग्ने होइन, हामीले धेरै समस्यासँग लड्नुपर्छ, गन्तव्यमा पुग्नका लागि । जति दुःख गर्नुपरे पनि तिमी र बाबा-आमालाई सधैं साथ र खुसी दिनु मेरो कर्तव्य हो । कुमालेको चक्र घुमेझैं घुम्दै जाँदा हाम्रो जीवनको कुनै एक पाटोमा सुख र खुसी लेखिएको होला, त्यो दिन हाम्रो परिवारले एउटा चोला फेर्नेछ । त्यसका लागि म कुनै दुःख नभनी संघर्ष गर्छु र हाम्रो परिवारलाई नयाँ जीवन दिन्छु । तिमी राम्रोसँग पढ । जीवनको अन्तसम्म म तिमीलाई साथ दिन्छु । यो मेरो प्रण भयो तिमीलाई । संघर्ष र परिश्रमले जन्माएकी नारी तिमी, तिमीले जीवनमा सफल बन्नुपर्छ, तिमीले पासाङ्ग बन्नुपर्छ, तिमीले हेलेन बन्नुपर्छ । एउटा दाजुको प्रार्थनाले पुगेसम्म तिमीले संसार जित्नुपर्छ । हो सानु, तिम्रो सफलताको दिन मेरो सौभाग्यको दिन हो, खुशीको दिन हो ।'
त्यति बेला म सानो थिएँ, तिम्रा शब्दमा डुब्न सक्दिनथें । अबोध भए पनि तिम्रा शब्दहरूले मलाई शक्ति दिन्थे, तिम्रा शब्दहरूबाट म प्रेरणा पाउँथें । तिम्रा शब्दहरू नै त्यस्ता हुन्थे, जसले हरेक दुःख र अप्ठ्याराहरू सहज बनाइदिन्थे । गरिबीले हामीबीचको दूरी बढाए पनि हामीबीच भावनात्मक सामीप्यता थियो ।
हो, सानो छँदा बाबा-आमाले गाली गर्नुभयो भने खाना नखाई भित्ताभरि के-के लेख्थें, सम्बोधनमा तिमी हुन्थ्यौ । एउटा कुरा याद छ, 'दाइ, तिमीले खायौ कि खाएका छैनौ, मैले त खाएकी छैन । तिमी मलाई भेट्न छिटो आऊ ल । म तिमीबिना अधुरो छु ।' खै मलाई किन त्यस्तो लाग्थ्यो ?
ङ्गा तारेरै छोड्छौ भन्ने भरोसा थियो, किनभमलाई तिमीमाथि पूर्ण विश्वास थियो । तिमीले जीवनरूपी डुने तिमीले मसँग प्रण गरेका थियौ, परिवारलाई नयाँ जीवन दिन्छु भनेर, जीवनको अन्तसम्म साथ दिन्छु भनेर । समय त अर्कैतिर घुमेछ कि तिमी समयको विपरीत घुम्यौ ? तिमी त पराईसँग नाता गाँस्नेबित्तिकै पराइ हुन पुग्यौ । जिन्दगीमा धेरै-धेरै आशा र विश्वास दिएर आखिर घात गर्‍यौ, किन ? शिखर चढ्ने पहिलो खुड्किलोबाटै पछारेको भए त्यति दुख्ने थिएन होला, दुखाइ सहने बानी पथ्र्यो होला, तिमीले त मलाई चुचुरोमा पुग्नै लाग्नासाथ छोडेर पछार्‍यौ, त्यसैले त दुःखेको छ र पनि यो पीडामा तिम्रै सम्झना आउँछ ।आखिर बिर्सेर जानु थियो भने फूलैफूलमा राखेर किन हुर्कायौ ? काँडामा हिँड्न किन सिकाएनौ ? तिम्रो चर्को बोली पनि सुन्न सक्दिनथें म, तिमीले दिएको यत्रो धोका कसरी सहूँ ? यो दिन देख्नुभन्दा पहिले म किन अन्धो भइनँ, म किन बहिरो भइनँ ? तिमी नआउने खबरले बिझेर झरेका वेदनाहरू होसमा आउँदासम्म सुकिसक्छन् । तिमीले बिर्सिएपछि तिम्री 'सानु' एक्लिएकी छु । दिन रात आँखाहरू भिजाइरहेछु । थाहा छ ? तिमीबिना जीवन दुखेको छ

जीवन केहो भनी?

कोहि'त बताईदेउँ मलाई जीवन केहो भनी?
दुख्ने मुटु मेरो पनि तिम्रो जस्तै-जस्तै छनी
पाइँला-पाइँलामा घात गर्छ मलाई मेरै जीवन
शब्द-शब्दमा दोषी ठान्छ मलाई मेरै जीवन
आँफुले'नैआँफुलाई चिन्दैन आँफै कोहुँ भनी
कोहि'त बताईदेउँ मलाई जीवन केहो भनी?
सबैलाई जित्ने जीवन आज आँफै सँग हार्‍यो
लौन-लौन जीवनले न जिउँनु न मर्नु पार्‍यो
कोहि'त बताईदेउँ मलाई जीवन केहो भनी?
दुख्ने मुटु मेरो पनि तिम्रो जस्तै-जस्तै छनी

कति राम्रो

विकसित संसार आहा ! कति राम्रो
बिदेशी सरकार आहा ! कति राम्रो
देशको विकासमा सबैमिली लागिपर्ने
जनताको विचार आहा ! कति राम्रो
हत्याहिंसा हैन विकास र सम्वृद्धिको
विहानी समाचार आहा ! कति राम्रो
जातभात छुवाछुत कसैलाई नगर्ने
समान व्यवहार आहा ! कति राम्रो
सेवा र सुबिधाले सम्पन्न शहरका
ठूलाठूला बजार आहा ! कति राम्रो